६३ रोपनी जग्गा प्रकरण: नापी कार्यालय प्रमुख काफ्लेको नेतृत्वमा छानबिन समिति
कास्की | असार २६, २०७९
पोखरा: पोखरा महानगरपालिका पूर्वमेयर मानबहादुर जिसीले गैरकानूनी रुपमा उपत्यका नगर विकासको स्वामित्वमा रहेको ६३ रोपनी जग्गा भाडामा दिएको खुलासा भएपछि छानबिन समिति गठन गरिएको छ ।
नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
काफ्ले संयोजक रहेको उक्त समितिको सदस्यमा पोखरा ३१ का वडाध्यक्ष देबेन्द्र रानाभाट, वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, अधिवक्ता शुकदेव गौतम र झपिन्द्रराज रेग्मी रहेका छन् । उक्त समितिले एक हप्ताभित्र महानगरलाई छानबिन प्रतिवेदन पेश गर्नेछ ।
कानूनी प्रक्रिया पुरा नगरी सम्झौता गरिएको खण्डमा वर्तमान मेयरले सम्झौता रद्द गर्न पाउँने कानूनी प्रावधान रहन्छ । महानगरलाई छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कानूनी प्रक्रिया अनुसार सम्झौता भए नभएको ऐकिन गरि निर्णय गर्नेछ ।
पूर्वमेयर जिसीले गत जेठ ३ गते पर्यटन बसपार्क, गल्फ कोर्स र पोखरा ९ स्थित यातायात कार्यालय पछाडी रहेको जग्गा गरि कुल ६३ रोपनी जग्गा निजी क्षेत्रलाई सुटुक्क भाडामा लगाएका थिए ।
उक्त प्रकरण बाहिरिएसँगै पूर्वमेयर जिसीले पोखरा र पोखरेली जनताको हित विपरित कुनै पनि काम नगरेको स्पष्तोक्ती दिएका थिए । उक्त प्रकरणको गठित समितिले छानबिन थालेपछि विवादित जग्गामा सबै कार्य रोक्न पोखरा महानगरले जानकारी दिइसकेको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ गते उपत्यका नगर विकास समितिलाई उक्त प्रकरणबारे सम्बन्धित सम्पूर्ण विवरत र काजगपत्र उपलब्ध गराउन भन्दै पत्र पठाएको थियो ।
http://sungabhanews.com/story/1465/2022/7/5/bisesh/samaj/
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...

